Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलाका राष्ट्रपति मादुरो श्रीमतीसहित पक्राउ गरेको ट्रम्पको दाबी, पत्रकार सम्मेलन गर्दै

भेनेजुएलाका राष्ट्रपति मादुरो श्रीमतीसहित पक्राउ गरेको ट्रम्पको दाबी, पत्रकार सम्मेलन गर्दै

शनिवार , पौष १९, २०८२

काठमाडौं । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको बताउँदै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको दावी गरेका छन् । यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन्।

यसअघि भेनेजुएलाको राजधानी काराकास र वरपरका क्षेत्रमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा उडेका विमानहरूको आवाज सुनिएको थियो।

भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा ‘गम्भीर सैन्य आक्रामकता’ देखाएको र काराकाससहितका विभिन्न राज्यमा हमला गरेको पुष्टि गरेको छ। भेनेजुएलाले यसलाई देशको तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ।

अमेरिकाले लामो समयदेखि मादुरोमाथि अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो। हालै मात्र अमेरिकाले मादुरोको पक्राउका लागि ५ करोड डलरको पुरस्कार घोषणा गरेको थियो भने क्यारिबियन क्षेत्रमा ठूलो सङ्ख्यामा अमेरिकी सेना परिचालन गरिएको थियो।

मादुरोलाई कहाँ लगिएको छ भन्नेबारे ट्रम्पले स्पष्ट नपारे पनि भेनेजुएला सरकारले आफ्ना नागरिकहरूलाई यो ‘आक्रमण’ विरुद्ध सडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वान गरेको छ।

यसैबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेको समाचारहरु बाहिरिएका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताएका छन् ।

बीबीसीका अनुसार जारी बयानमा राजधानी काराकासमा गरिएको आक्रमणको उद्देश्य ‘भेनेजुएलाको रणनीतिक संसाधनहरू विशेष गरी तेल र खनिजमा कब्जा गर्ने’ र‘‘देशको राजनीतिक स्वतन्त्रता जबरदस्ती हनन’ हो ।

भेनेजुएलाका राष्ट्रपति मादुरो पूरै देशमा बाह्य उथल–पुथलको स्थिति घोषित गर्ने आदेशमा हस्ताक्षर गरेर लागू गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

उनले सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स)लाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न पनि निर्देशन दिएका छन् ।

राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरी अमेरिकालाई कडा जवाफ दिइने चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077