कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालले कैलाली क्षेत्र नम्बर ५ बाट तीन जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
नारदमुनि राना २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा आरजु राणालाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए । तर, अघिल्लो निर्वाचनमा उनी कांग्रेस–माओवादी गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका थिए।
यज्ञराज ढुङ्गाना हाल एमाले कैलाली जिल्ला अध्यक्ष हुन् भने सरिता सिजापती पार्टीको प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् ।