Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पुस १८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज पुस १८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । आज २०८२ पुस १८ गते शुक्रबारको राशिफल ।

मेष

दिन उत्साहवर्धक र लाभदायी रहनेछ। मनपर्दो स्वादिष्ट भोजनको आनन्द मिल्ला। विपरीत परिस्थितिमा आफन्त वा सहयोगीहरूको साथ मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

मिथुन

अनावश्यक यात्रा गर्नदेखि बच्नुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा ऊर्जा वा समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

व्यापार व्यवसायमा आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। कुनै शुभ समाचार सुन्न पाइएला। लामो समयदेखि रोकिएको काम बिस्तारै अघि बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

तुला

निर्णय गर्दा धैर्यता अपनाउनुहोला। आफ्नो विचारलाई सकारात्मक राख्नुहोस्। काममा ढिला वा सुस्ति पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

भौतिक संसाधन जुटाउने समय रहेको छ। शत्रुहरूको गतिविधिले आत्मबल घट्न सक्छ। कुनै शुभ कार्य गर्नुभन्दा अघि मातापिता र मान्यजनहरूको आशीर्वाद लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

आफन्तहरूबाट टाढिनुपर्ला। व्यापार व्यवसायमा शब्दले मात्रै होइन विचारले पनि सशक्त बन्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

बृष

विशेष व्यक्तिबाट उपहार प्राप्त होला। मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। मनोरञ्जनपूर्ण समय रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

एउटा पक्षको कुरा सुनेर मात्रै अन्तिम निर्णयमा नपुग्नुहोला। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखार आउनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर

कला साहित्य वा संगीतको क्षेत्रमा रुचि बढ्नेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक विकास हुनेछ। दिगो लाभको कार्य हात लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मीन

धैर्य वा लगनशीलताले लाभका विभिन्न अवसरहरू मिल्नेछन्। धार्मिक वा सांस्कृतिक संघ समारोहमा सम्मलित भइएला। अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077