काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङका सिडिओविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिडिओका रुपमा कार्यरत सहसचिव कुमानसिंह गुरुङसहित पाँचविरुद्ध बिहीबार बिशेष अदालतमा मुद्दा दायर भएको हो ।
गुरुङ पर्वतको कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा जेष्ठ नागरिक भवन बनाउन ९६ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो।
गुरुङसहित नगरपालिकाका तत्कालिन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य तथा मल्ल कन्ट्रक्सन एण्ड सप्लायर्स र सो कम्पनीका मालिक लालबहादुर मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्दा दायर भएसँगै सिडिओ गुरुङ निलम्बनमा परेका छन् ।