Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र मुख्य दलका नेतृत्वसँग अध्यक्ष ढकालको प्रश्न-भदौ २४ को आगजनीमा संलग्नलाई कारबाही हुँदैन ?

प्रधानमन्त्री र मुख्य दलका नेतृत्वसँग अध्यक्ष ढकालको प्रश्न-भदौ २४ को आगजनीमा संलग्नलाई कारबाही हुँदैन ?

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनका नाममा भएको अगजनी र लुटपाटमा संलग्नमाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताएका छन् ।
महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न माग गरे ।
देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताए ।

सर्वपक्षीय सम्वादमा उनले भने–‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ । निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी आउँदैन । लगानीबिना रोजगारी हुँदैन ।’

रोजगारी नभएको अवस्थामा आय नबढ्ने. भन्दै उनले शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्ने बताए । तर राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्ने उनको भनाई थियो ।

डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उनले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताए । राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै उनले पूर्वाधारमा लगानी हुन नसकेको बताए ।

निजी क्षेत्रका पूर्वाधारमा अवरोध हुने गरेको सरकार समक्ष जानकारी गराउँदै अध्यक्ष ढकालले प्रश्न गर्दै भने–‘उद्योग कलकारखाना नभए रोजगारी कसरी सम्भव होला ?’

सरकारले वर्षको ३ सयदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने बताएका उनले युवा विदेशिन बाध्य रहेको भन्दै यी सबै विषयमा झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077