Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

बुधवार , पौष १६, २०८२

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077