Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ दलले बुझाए समानुपातिक बन्दसूची, ५५ दलको धरौटी जम्मा

१५ दलले बुझाए समानुपातिक बन्दसूची, ५५ दलको धरौटी जम्मा

सोमवार , पौष १४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ १५ राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बेलुका ७ बजेसम्म उक्त सूची प्राप्त भएको हो।

प्रवक्ता भट्टराईले जानकारी दिएअनुसार बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी तथा समावेशी समाजवादी पार्टी नेपाल रहेका छन्।

त्यसैगरी नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीले पनि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।

आयोगका अनुसार आज नै समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन हो। यसअघि नै ५५ राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आवश्यक धरौटी रकम जम्मा गरिसकेको प्रवक्ता भट्टराईले बताए।

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र बन्दसूची बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै बाँकी दलहरूलाई समयमै सूची बुझाउन आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077