Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान नसमेटिएकोमा रवि-बालेनलाई चेतावनी दिँदै सुदनले भने - देशलाई विभाजन होइन, एकता आवश्यक छ

कुलमान नसमेटिएकोमा रवि-बालेनलाई चेतावनी दिँदै सुदनले भने - देशलाई विभाजन होइन, एकता आवश्यक छ

सोमवार , पौष १४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

रवि लामिछाने र बालेनबीच आइतबार बिहान मात्र राजनीतिक सहमति भएपछि, उक्त सहमतिमा कुलमान घिसिङ बाहिर परेको भन्दै गुरुङले विरोध जनाएका हुन् ।

यी तीनै जनाबीच एकताको प्रयास भइरहे पनि अन्ततः दुई जनाबीच मात्र सहमति हुनु परिवर्तन चाहने जनताका लागि दुःखद भएको उनले बताए ।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गुरुङले लेखेका छन्, 'यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताको लागि दुःखद छ।'

उनले कुलमानलाई जानाजानी अलग राखिएको हो वा उनी स्वयं अलग रहन खोजेका हुन् भन्ने कुरा समयले बताउने उल्लेख गर्दै अहिलेको घडीले सबैलाई सँगै उभिन म्यान्डेट दिएको बताएका छन्।

गुरुङले अगाडि लेखेका छन्,'आदरणीय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ—कृपया ! यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ। त्यसैले स्पष्ट प्रश्न उठ्छ—के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुहुन्छ कि केवल त्यसको भ्रम मात्रै छरिरहनुभएको होरु जेनजीले हेरिरहेको छ।'

उनले अझै पनि कुलमान घिसिङलाई समेटिएन भने आफूहरूलाई कुनै एक पक्ष लिनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । यसैबीच, रवि लामिछाने र बालेन शाहबीच सहमति भइसके पनि कुलमान घिसिङलाई एकतामा समेट्ने विषयमा वार्ता जारी रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077