काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।