काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सञ्चार मन्त्री खरेलले शुक्रबार बिहान १० बजे महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता लागि पुगेका हुन् ।
खरेलको सचिवालयका अनुसार, देउवासँगको भेटपछि मन्त्री खरेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ बजे गुण्डुमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १२ बजे भेटघाट गर्ने तयारीमा छन् ।
भेटका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन साथसाथै समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
राजनीतिक विश्लेषकहरूले उक्त भेटलाई शीर्ष नेताहरूसँग समन्वय र छलफलका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् ।