Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई बाबुरामको सुझाव - नयाँ र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्छ

बालेनलाई बाबुरामको सुझाव - नयाँ र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्छ

बिहिवार , पौष १०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न सुझाव दिएका छन् ।

बिहीबार ललितपुरको ज्वागलमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू सधैँ वैकल्पिक शक्तिहरूको एकताको पक्षमा रहेको बताएका हुन् ।

‘म नयाँ र वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ। म निरन्तर त्यसमा लागेको छु। यो त मेरो १० वर्षदेखिको सपना हो,’ डा. भट्टराईले भने । सोही विषयमा परामर्शका लागि मेयर शाहले बोलाएको र आफू त्यसकै निम्ति आएको उनले स्पष्ट पारे। ‘बालेनको चाहना पनि त्यही थियो,’ उनले थपे ।

डा. भट्टराईले बालेनलगायत नयाँ पुस्ताका नेतृत्वलाई मिलेर अघि बढ्न आग्रह गर्दै भने, ‘नयाँ र वैकल्पिक भन्ने जति पनि छन्, सबै एक भएर मेरो सपना पूरा गर्नुस्। त्यसमा मेरो सद्भाव रहन्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077