Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटप्रति पूर्वप्रधानमन्त्री भट्टराईको कटाक्ष - रोमान्चक भाषण, तर पुरानै ढाँचा

बजेटप्रति पूर्वप्रधानमन्त्री भट्टराईको कटाक्ष - रोमान्चक भाषण, तर पुरानै ढाँचा

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री स्वर्णिम वाग्ले को प्रस्तुति आकर्षक भए पनि बजेटमा अपेक्षित संरचनात्मक परिवर्तन नदेखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले बजेट भाषण सुन्दा नयाँपन र उत्साहको अनुभूति भएको उल्लेख गरेका छन् ।

'गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषण सुन्दा निकै रोमान्चक अनुभूति! शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ,' उनले लेखेका छन् ।

भट्टराईले बजेट नीतिगत रूपमा नयाँ पुस्ता, प्रविधिमैत्री सोच, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली तथा कर्मचारीलाई आकर्षित गर्ने ढंगले ल्याइएको टिप्पणी गरेका छन् ।

उनले व्यक्तिगत रूपमा लामो समयदेखि अन्योलमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना लाई ‘अधिकारसम्पन्न प्राधिकरण’ मार्फत निर्माण गर्ने सरकारको प्रतिबद्धताले आफूलाई सन्तोष दिएको बताएका छन् ।

तर बजेटको समग्र संरचना, आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन र वित्तीय संघीयताको पक्षलाई गहिराइमा विश्लेषण गर्दा अपेक्षित “क्रमभंगता” नदेखिएको उनको भनाइ छ ।

'गहिराइमा गएर हेर्दा निरन्तरतामा क्रमभंगता खासै दृष्टिगोचर हुन्न,' भट्टराईले उल्लेख गरेका छन् ।

उनले बजेट वक्तव्यमा उल्लेख गरिएको “संरचनात्मक सुधारको नयाँ चरण” व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा समेत प्रश्न उठाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077