Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन–थापाबीच आजै हस्ताक्षर

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन–थापाबीच आजै हस्ताक्षर

बुधवार , पौष ९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच औपचारिक एकता हुने भएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच केहीबेरमै एकता सम्झौतामा हस्ताक्षर हुन लागेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुवै दलका शीर्ष नेताहरूबीच लामो समयदेखि चलिरहेको संवाद आज निष्कर्षमा पुगेको हो।

'अबको केही समयमा एकताको औपचारिक हस्ताक्षर हुँदैछ,' श्रेष्ठले बताए।

एकतासँगै राप्रपा धारका दलहरू पुनः एउटै छातामुनि आउने भएका छन्। यसलाई राजावादी तथा हिन्दु राष्ट्रको एजेन्डा बोकेको शक्ति एकीकृत हुने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077