Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोभार सुक्खा बन्दरगाह भन्सार एजेन्ट संघको अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष, भण्डारी कोषाध्यक्ष

चोभार सुक्खा बन्दरगाह भन्सार एजेन्ट संघको अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष, भण्डारी कोषाध्यक्ष

मंगलवार , पौष ८, २०८२

काठमाडौं । चोभार सुक्खा बन्दरगाह भन्सार एजेन्ट संघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न संघको साधारण सभाले माधव सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष सुजन सापकोटा, द्वितीय उपाध्यक्ष दिपेन्द्र शर्मा रिजाल सचिवमा विकास रञ्जित, कोषाध्यक्षमा विकास भण्डारी र कार्यसमिति सदस्यहरूमा मीरा तामाङ, हरिपतिलाल श्रेष्ठ, विनोद सुवेदी र रामनाथ पोखरेल निर्वाचित भएको अधिवक्ता तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण धितालले नयाँ सडकलाई बताए ।

चोभार सुक्खा भन्सार एजेन्ट संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद्बीच एकता भएपछि चोभारमा यो पहिलो एकता अधिवेशन भएको हो ।

चोभार सुक्खा बन्दरगाह २०७८ चैत २२ मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गरेका थिए । वीरगन्जबाट सामान लिएका तीनवटा कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराएर सञ्चालनको शुभारम्भ गरिएको थियो।

सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाएर जिपिएस सिस्टम जडान गरेर पठाउँदै आएको छ। यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुक्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुनेछ। चोभार सुक्खा बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक अट्ने क्षमता छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077