काठमाडौं । आज २०८२ पुस ८ गते मंगलबारको राशिफल ।
मेष
नोकरी वा पेशामा आशावादी भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। रोजगारका नयाँ अवसरहरू फेलापर्नेछन्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा बल भन्दा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ। बोलिको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू माथि विजय प्राप्त गर्न सकिनेछ। नयाँ लगानी वा पैसाको लेनदेन गर्दा शुभचिन्तकहरूको सहयोग लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइएला। यात्राको नयाँ अनुभव मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु
बोलिको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा गरिरहेको कार्यलाई नै निरन्तरता दिनुहोस्। नयाँ आवश्यकताको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
व्यापार व्यवसायमा नयाँ लगानी लगाउनु भन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। नोकरी वा पेशामा हजुरले गरेको कामको श्रेय अरूले लिन सक्छन् सावधान रहनुहोला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ।
बृष
धार्मिक क्रियाकलापहरूमा संलग्न भइएला। कानुनी पक्ष सबल रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
व्यापार व्यवसायमा लाभ रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। पहिला गरिएको कामको राम्रो प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
कन्या
सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छर छिमेकीसँग राम्रो सम्बन्ध बनाउने समय रहेको छ। भविष्यको कुरालाई लिएर वर्तमान नबिगार्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
मकर
उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। बोलिको माध्यमले बनिरहेको कार्यमा बाधा आउँला सचेत रहनुहोस्। लगनशीलताले लक्ष्य प्राप्ति गर्न सकिनेछ। सामाजिक समारोहमा सम्मानित स्थान प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
मीन
कार्यक्षेत्रमा रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। शेयर बजारमा लगानी लगाउनु भन्दा अघि जानकारको सल्लाह लिनुहोला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।