Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङ र मिराज ढुंगानालाई रक्षा बमको कडा चेतावनी

सुदन गुरुङ र मिराज ढुंगानालाई रक्षा बमको कडा चेतावनी

सोमवार , पौष ७, २०८२

काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले जेनजी अभियन्ता मिराज ढुंगाना र हामी नेपालका संयोजक सुदन गुरुङलाई संसद् पुनर्स्थापना तथा सर्वपक्षीय सरकारको माग गर्दै अघि नबढ्न कडा चेतावनी दिएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

उनले स्त्रीद्वेषी टिप्पणीप्रति आपत्ति जनाउँदै परिवर्तनका आन्दोलनहरूमा महिलाको महत्वपूर्ण योगदान रहेको स्मरण गराएकी छन्।

‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत–पसिना एक गरेका छन्,’ उनले लेखेकी छन्, ‘भदौ २८, २०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’

उनले मुलुकको राजनीतिक कोर्स धेरै अगाडि बढिसकेको उल्लेख गर्दै अब पश्चगामी बाटो रोज्नु गलत हुने बताइन्। बमले नयाँ जनादेशसहित नयाँ संसदमार्फत मुलुकलाई निकास दिनु नै उपयुक्त विकल्प भएको धारणा राखेकी छन्।

‘जेन–जी मित्र र जेन–जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुबैले जुन संसद् पुनर्स्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनीतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ,’ उनले भनेकी छन्, ‘अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद् मार्फत मुलुकलाई निकास दिँदै हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077