Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वडीआईजी छवि तीन करोड धरौटीमा रिहा

पूर्वडीआईजी छवि तीन करोड धरौटीमा रिहा

आइतवार , पौष ६, २०८२

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक तथा  नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी पनि आइतबार धरौटीमा रिहा भएका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटी माग गरी थुनामुक्त गर्न आदेश दिएको थियो ।

सो आदेशअनुसार जोशीले तीन करोड रुपैयाँ बैंक जमानत बुझाएपछि आइतबार नै रिहा गरिएको हो ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार सहकारी ठगी प्रकरणमा संलग्न आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगोबापत धरौटीमा रिहा गर्न आदेश दिँदै जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन परे पुनःविचार गर्न सकिने उल्लेख गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा उनी थुनामा थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077