काठमाडौं । आज २०८२ पुस ६ गते आइतबारको राशिफल ।
मेष
माननीय जनहरूको मध्य तार्किक विषयलाई लिएर चर्चा रहनेछ। रचनात्मक वा लेखन कलामा निखार आउनेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि प्रतिष्ठा जोगाउनको लागि सजग रहनु पर्ला। जीवनसाथीको साथ पाइनेछ। व्यापार व्यवसायमा श्रम परेपनि लाभ राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
सिंह
प्रेम र मित्रताको बन्धन कसिनेछ। अध्ययन अध्यापनमा विद्यार्थीहरुलाई गुरुजनहरूको मार्गदर्शन प्राप्त हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
तुला
कानुनी मुद्दा मामलाहरूमा विजय भइनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौतीहरूको सामना गर्नुपर्ला। कार्यले गर्दा यात्राको अवसर दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
धनु
दाम्पत्य जीवन रमाइलो रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
जिम्मेवारी लिएर पछि नहट्नुहोला। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रशंसकहरूले पनि अरूको कुरामा लागेर आलोचना गर्न सक्छन्। व्यर्थको सास्ती खेप्नु पर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
बृष
अरुको करकापमा काम गर्न बाध्य भइनेछ। श्रमको उचित मूल्यांकन नपाइएला। रोजगारलाई लिएर संघर्ष गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
आफ्नो बुद्धिमत्ताले विपरीत परिस्थितिलाई पनि अनुकूल बनाउन सकिनेछ। उधारो दिएको रकम वापस लिने समय रहेको छ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
सहयोग गर्नुभन्दा आश्वासन देखाउनेहरू धेरै भेटिनेछन्। सवारी साधन चलाउँदा यातायात नियमको पालन गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ। आफ्नो बोलिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
मकर
आज कुनै कुरालाई लिएर मनमा अशान्ति रहनेछ। नोकरी वा पेशामा झुटो आरोप लाग्न सक्ला। महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन
विश्वासमा वृद्धिको साथै व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा सानो प्रयत्नले पनि ठूलो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।