Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ

राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ

शनिवार , पौष ५, २०८२

काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत अर्थमा राजनीति गर्न नभई देश परिवर्तन गर्ने उद्देश्यसहित अघि बढेको बताएका छन् ।

शनिबार चितवनमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । घिसिङले राजनीति र नेतृत्व फरक कुरा भएको उल्लेख गर्दै वर्तमान राजनीतिक अभ्यासभन्दा फरक बाटोबाट देशलाई रूपान्तरण गर्न आफूहरू आएको बताए ।

‘हामी राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो। राजनीति र नेतृत्व फरक छ,’ उनले भने, ‘नेपालमा जुन किसिमको राजनीति छ, त्यो गर्न हामी आएका होइनौँ, त्यो बाटो मात्रै समातेका हौँ। यही बाटो समातेर देश परिवर्तन गर्नुपर्छ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले सुशासन र समृद्धि बिना देश कहिल्यै अघि बढ्न नसक्ने स्पष्ट पारे। ‘देश परिवर्तन भएन, सुशासन भएन र देश समृद्ध भएन भने नेपाल कहिल्यै पनि अघि बढ्दैन,’ उनले जोड दिए।

आफूहरू शासक बन्न नभई जनताको सेवक बन्न आएको दाबी गर्दै घिसिङले भने, ‘हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ। देशका शासक बन्न होइन, आम नेपाली जनताको सेवक बन्न आएका हौँ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077