Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

शुक्रवार , पौष ४, २०८२

झापा । झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ ।

स्थानीयले शुक्रबार साँझ करिब ५ बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो ।

टोलीले उक्त स्थानमा पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न हातहतियार तथा गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटपाट गरी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ ।

बरामद सामग्रीमा म्यागजिनसहितका दुई थान इन्सास राइफल, म्यागजिन नभएको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासको जङ्गी राउण्ड २० थान तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन् ।

बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077