काठमाडौं । आज २०८२ पुस ३ गते बिहिबारको राशिफल ।
मेष
पहिला निर्धारित गरिएका योजनाहरूमा बदलाव गर्नुपर्ला। धेरै कुराको जिम्मा लिन मन लाग्नेछ तर सबैलाई सन्तुष्ट पार्न खोज्दा थकान आउन सक्छ। स्वास्थ्यको साथ नमिल्नाले काम समयमा पूरा नहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
नोकरी वा पेशामा तर्कशक्तिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। स्वास्थ्यमा चिसोबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
विपरीत परिस्थितिलाई पनि धैर्य राखेर अनुकूल बनाउने प्रयास गर्नुहोस। स्वास्थ्य अलि कमजोर देखिएको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
तुला
आफन्तहरूको साथ र सहयोगले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूमा भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। पारिवारिक जिम्मेवारी निभाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
धनु
पहिलाका कमी कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। पुराना कुरा मनमा अल्झि रहन सक्छ। दाजुभाइ ईष्टमित्रहरूसँग मिलेर काम गर्नु लाभदायक रहला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
आवश्यक भौतिक संसाधन जुटाउन सकिनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
बृष
चुनौती पन्छ्याउँदै नयाँ अवसर निर्माण गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आर्थिक पक्ष सबल हुनुका साथै व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
कन्या
साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा आम्दानी बढ्नेछ। रोकिएका काम सम्पादन गर्न सकिनेछ भने मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्रमा प्रतिद्वन्दीहरूलाई पनि आफ्नो व्यक्तित्वले प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग पाइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अक ५ रहेको छ।
मकर
व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सन्तानको साथ र सहयोग पाइनेछ। शेयर बाजारबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
मीन
रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। विर्सिएका योजना फेरि सम्झिनु हुनेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।