Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ महानगरपालिकामा आज बिदा

काठमाडौँ महानगरपालिकामा आज बिदा

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । आज काठमाडौँ महानगरपालिकाले आफ्ना कार्यालयमा सार्वजनिक बिदा दिएको छ । ३१ औँ स्थापना दिवसका अवसरमा महानगरपालिकासहित वडा कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै महानगर अन्तर्गतका सम्पूर्ण विभाग, सचिवालय, आयोजना, इकाइ, वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई औपचारिक पोशाकमा बिहान ८ बजे नै सैनिक मञ्च टुँडिखेलमा अनिवार्य उपस्थित हुन भनेको छ ।

साथै कार्यक्रम सकिएपछि पनि आज कार्यालयको नियमित सेवा प्रवाह नहुने भन्दै महानगरले यसबाट सेवाग्राहीमा पर्नेजाने असुविधाप्रति क्षमायाचना गरेको छ।

काठमाडौँ महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077