Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन

आइतवार , मंसिर २८, २०८२

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

विराटनगर महानगरपालिका-७ घर भएका उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए ।

विगत केही समयदेखि उपचार गराउँदै आएका उपाध्यायको सोही क्रममा हिजोराति ९२ वर्षको उमेरमा निधन भएको हो ।

पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्यायले मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदको रूपमा सेवा गरेका थिए ।

उनी २०५६ सालमा शिक्षामन्त्री बनेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077