Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ: मन्त्री घिसिङ

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ: मन्त्री घिसिङ

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई द्रुत गतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आगामी निर्वाचनपछि देशमा युवा नेतृत्व आउनुपर्ने र त्यही नेतृत्वले मात्र मुलुकलाई विकासको मार्गमा अघि बढाउन सक्ने बताएका हुन् ।

उनले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही दिशामा लैजानुपर्ने भएकाले सोही सोच बोकेको युवा नेतृत्व चयन गर्न सबैले भूमिका खेल्नुपर्ने बताए ।

मन्त्री घिसिङले भने- 'पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई कसरी अगाडि बढाउने र बढीभन्दा बढी लगानी गराउने भन्ने विषयमा ऐन र कानुनमा ठुलो परिवर्तन आवश्यक छ । यो काम आगामी सरकारले गर्नुपर्छ । यदि आगामी सरकार पनि पुरानै शैलीमा सञ्चालन भयो भने त्यसले देशको विकासमा कुनै ठोस योगदान दिन सक्दैन।'

उनले अब बन्ने सरकार विकासमुखी र परिवर्तन ल्याउन सक्ने नेतृत्वसहितको हुनुपर्नेमा जोड दिए । देशको द्रुत विकासका लागि ठुलो परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि युवा तथा विकास प्रेमी नेतृत्व अनिवार्य रहेको उनको भनाइ थियो ।

मन्त्री घिसिङले आगामी निर्वाचन सफल होस् भन्ने कामना गर्दै विकासमुखी युवा नेतृत्व चयनका लागि सबैलाई सक्रिय हुन आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077