Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डडेलधुराबाट ७ पटक चुनाव जितेका देउवाले भने- अब अन्तिम पटक फेरि लड्छु

डडेलधुराबाट ७ पटक चुनाव जितेका देउवाले भने- अब अन्तिम पटक फेरि लड्छु

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः डडेलधुराबाट उम्मेदवार हुने बताएका छन् ।

गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगन्जस्थित निवासमा भएको कुराकानीमा सभापति देउवाले आफू अबको निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अन्तिम पटक उम्मेदवार हुने बताएका हुन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने धारणा राख्दा देउवाले आफै उम्मेदवार बन्ने चाहना व्यक्त गरेको उनले बताए । सभापति देउवा २०४८ पछि भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका नेता हुन् ।

उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

उनले आफू अन्तिम पटक उम्मेदवार बन्न लागेको र यसका लागि आफूलाई सहयोग गर्न पनि आग्रह गरेको भट्टले बताएका छन् ।

अहिले कांग्रेसका देशैभरका क्षेत्रीय समितिहरूको बैठक गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम भइरहेको छ ।

डडेल्धुराबाट सभापति देउवाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077