Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच आज वार्ता हुँदै

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच आज वार्ता हुँदै

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसाही दुर्गा प्रसाईँबीच आज छलफल हुँदैछ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रसाईँसँग प्रधानमन्त्री कार्कीको वार्ता गर्न लागेकी हुन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले यही मंसिर १५ गते प्रसाईंलाई पत्र लेखेर आज  दिउँसो ३ बजेका लागि छलफलमा आउन भनेका थिए ।प्रसाईंको समूहले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायत २७ बुँदे माग राखेर विभिन्न ढंगले आन्दोलन गर्दै आएको छ।

सोहि कारण प्रसाईंलाई मंसिर ६ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि उनी छुटेका थिए।

केही दिनअघि भारत पुगेका प्रसाई आइतबार मात्रै काठमाडौँ आइपुगेका छन्।

यही मंसिर १२ गते प्रसाईँले गृहमन्त्री ओम प्रकाश अर्यालसँग पनि वार्ता गरेका थिए। त्यो वार्तामा उनले आफूले प्रधानमन्त्री कार्कीसँगै वार्ता गर्न चाहेको बताएपछि सोही अनुसार आज उनलाई वार्ताको लागि बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077