काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले औपचारिक पत्र पठाएर संवादका लागि आमन्त्रण गरेपछि दुवै पक्षबीच पहिलोपटक वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे हुने बताइएको छ ।
प्रसाईंले राजसंस्थाको पुनःस्थापना, नेपाललाई हिन्दु अधिराज्यको रूपमा पुनर्गठन लगायतका माग राख्दै सरकारलाई ती माग पूरा गर्न दबाब दिइरहेका छन् ।
उनले आफ्नो माग स्वीकार नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएका छन् । सरकारको तर्फबाट आजको वार्तालाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ ।