Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुईजना मनोनीत

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुईजना मनोनीत

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा २ जना मनोनीत भएका छन् ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टी विधान बमोजिम वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी)लाई मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा सदस्यमा मनोनयन गर्नुभएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077