एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै पुगेर पुटिनलाई स्वागत गरे । दुवै नेताले हात मिलाए, अँगालो हाले र हार्दिक अभिवादन साटासाट गरे ।
युक्रेनसँग युद्ध शुरू भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा दुई देशबीच महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ।
भारत सरकारका स्रोतका अनुसार पुटिनको यस भ्रमणले आर्थिक सहकार्य मजबुत बनाउन ठूलो योगदान गर्नेछ ।