सुनसरी । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएकालाई कारबाही गर्दै नेपाली कांग्रेस सुनसरीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।
बुधबार बसेको जिल्ला कार्य समिति बैठकले हिंसात्मक गतिविधि प्रोत्साहित गर्ने वा प्रत्यक्ष संलग्न रहेका कार्यकर्ताको नामावली वडास्तरमै संकलन रोक्ने सकुर्लर जारी गर्ने निर्णयसमेत गरेको हो ।
जिल्ला सभापति केदार भण्डारीका अनुसार आन्दोलनका नाममा गरिएको आगजनी र तोडफोड अपराधको श्रेणीमा पर्न जाने भएकाले पार्टीलाई परिमार्जन र रुपान्तरण गर्ने उदेश्यले यस्तो कठोर कदम आवश्यक भएको हो।
जेनजी आन्दोलनका क्रममा सुनसरीमा मात्र सरकारी सम्पत्तिमा एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।