Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्यालले भने- फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन

गृहमन्त्री अर्यालले भने- फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन

मंगलवार , मंसिर १६, २०८२

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५ सय ५२ कैदी बन्दी फरार रहेको बताएका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

उनले कैदी बन्दी अझै फरार रहेको तीमध्ये कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेकोसमेत बताए ।

कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ ।

सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै मन्त्री अर्यालले भने- 'केही थान हतियार र फरार कैदी बन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला । फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन ।'

हतियार र फरार कैदीबन्दीको विषयमा पटक-पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयमा भ्रम छर्न नहुने बताए ।

बेथितिविरुद्ध जेनजी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077