Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपासँगको एकतामा मिलन पाण्डे सहभागी नहुने, स्वतन्त्र भएको घोषणा

रास्वपासँगको एकतामा मिलन पाण्डे सहभागी नहुने, स्वतन्त्र भएको घोषणा

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा सहभागी नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एकतामा जान लागेका नेताहरूलाई शुभकामना दिँदै उनले केही दिन वा महिना ‘कुलिङ पिरियड’ लिने बताएका हुन् ।

विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ भन्दै उनले लेखेका छन्- 'म यो एकीकरणमा सामेल छैन। अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने पनि उनको घोषणा छ । अब केही समय ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।'

आज रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणा सभा आयोजना गरिएको छ । एकता घोषणा हुनु भन्दा केही घण्टा अगाडी पाण्डेले सामेल नहुने बताएका हुन्।

591245893_816737614694097_5472727005513863331_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077