काठमाडौं । आज पनि देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
यसैबीच आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ ।