Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाटोमा हतियार देखाएर मोवाइल र सिक्री लुट्ने दुईजना पक्राउ

बाटोमा हतियार देखाएर मोवाइल र सिक्री लुट्ने दुईजना पक्राउ

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा धारिलो हतियार (चक्कु) समेत देखाइ लुटपाट गर्ने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो तथा रातिको समयमा लुटपाट कार्यमा सङ्लग्न २० वर्षीय अमृत तामाङ र २६ वर्षीय सागर घिसिङ पक्राउ परेका छन्।

उनीहरुले २०८२ मङ्सिर ११ गते काठमाडौं महानगरपालिका–२६ स्थित सडकखण्डबाट लुटपाट कार्यमा प्रयोग गरिएको बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइ सोधपुछ गर्दा निजहरुले चोरी गरेको धनमाल पशुपति प्रजापतिलाई बिक्री गरेको भनी बताएका छन्।

पक्राउ पर्नेमा तामाङ स्थायी घर उदयपुर, मुकुर्ची घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका थिए। यसैगरी, स्थायी घर रामेछाप फुलासी भएका घिसिङ र स्थायी घर सुनसरी, इनरुवा नगरपालिका–२ का प्रजापति बुढानिलकण्ठ बस्दै आएका थिए।

मङ्सिर ११ गते काठमाडौं महानगरपालिका २६ ज्याठा रोडमा पैदलयात्री महिलाको सिक्री लुटी उनीहरु फरार भएका थिए। सोही दिन, काठमाडौं महानगरपालिका – १६ सरस्वती क्याम्पस अगाडि पैदलयात्री पुरुष व्यक्तिको सामसुङ कम्पनीको मोबाइल एक थान र नगद चार हजार रुपियाँ लुटी फरार भएका थिए।

यसैगरी, मङ्सिर ८ गते काठमाडौंको पक्नाजोलस्थित सडक खण्डमा पैदलयात्री पुरुषको आईफोन मोबाइल एक थान लुटेका थिए। सोही दिन काठमाडौंको सोह्रखुट्टे नजिकै पैदयाली व्यक्तिको रियलनेम कम्पनीको मोबाइल एक थान र पर्ससहित नगद सात हजार रुपियाँ, नबिल बैङ्कको एटीएक कार्ड एक थान, एनआईसी एसिया बैङ्कको एटीएम कार्ड एक थान लुटी फरार भएका थिए।

मङ्सिर ३ गते काठमाडौंको नयाँबजारस्थित सडकखण्डमा पैदलयात्रीको नगद २४ हजार रुपियाँ र सोही दिन म्हैपीस्थित सडक खण्डमा पैदलयात्री पुरुष व्यक्तिको सामसुम कम्पनीको मोबाइल एक थान र चाँदीको सिक्री दुई थान लुटी फरार भएका थिए।

प्रहरीले उनीहरुबाट बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइलहरु ३२ थान, सुनको जस्तो देखिने सिक्रि एक थान, नगद छ हजार ४९५ रुपियाँ र धारिलो हतियार चक्कु एक थान बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077