काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आगामी निर्वाचनमा नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।
कैलालीको धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए।
यो सरकार निर्वाचनको लागि मात्रै हो भन्दै उनले भने- 'निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस् । ‘यो सरकारको काम निर्वाचन मात्रै गराओस् । अरू सम्धी सम्झौता गर्न पर्दैन् ।'
रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभई पतन ०८४ आउँछ भनेर आफूले भनेको बताए ।
ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ भन्दै रावलले भने- 'मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदै छ भनेको थिएँ ।'
नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए ।