Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल: चितवन राइनोजमाथि काठमाण्डु गोर्खाजको सहज जित

एनपीएल: चितवन राइनोजमाथि काठमाण्डु गोर्खाजको सहज जित

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजमाथि काठमाण्डु गोर्खाजले जित हात पारेको छ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो।

१४३ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो।

चितवनका लागि रवि बोपरा र देव खनालले समान २१/२१, सोहेल तान्विर १८, कमल सिंह ऐरी ९, कुशल मल्ल ६, डेविड मलान ७,अर्जुन साउद २,सैफ जैव १, दिपक बोहरा शून्यमा पेभेलियन फर्किए।

काठमाण्डुका लागि करण केसी, मिलिन्द कुमार र साहव आलम र सिद खानलेसमान दुई दुई विकेट लिए। सन्तोष यादव एक विकेट लिए।

काठमाण्डुका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन बनाए। मिलिन्द कुमार ३८, बेन चार्लेसवोर्थ १३ बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। आदिल आलम ८, रसिद खान र दिपेश कंडेल समान ६र६ रन, आकाश त्रिपाठी ४, करण केसी १, जेरार्ड एरासमस र सन्तोष यादव शून्यमा पेभेलियन फर्किए।

चितवनका लागि सोहेल तान्विर चार, रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई दुई विकेट लिए भने रवि बोपराले एक विकेट लिए।

आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077