Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल: चितवनले टस जितेर पहिला फिल्डिङ गर्दै

एनपीएल: चितवनले टस जितेर पहिला फिल्डिङ गर्दै

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनविरिुद्ध काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ।

मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमान्डुले ब्याटिङ गर्ने भएको हो।

काठमान्डुले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

चितवनले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका छन्।

चितवन र काठमान्डु दुवैले पछिल्लो खेल जित्दै लयमा फर्केको संकेत गरेका छन् ।

चितवनले विराटनगर किंग्सको लगातार तीन खेलको अपराजित यात्रा ब्रेक लगाएको थियो भने काठमान्डुले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

काठमान्डुले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकालेको छ । चितवनले ३ खेलमा २ खेल जित्दा १ खेलमा पराजित भएको छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077