Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुरमा गहना ठगी गर्ने युवक पक्राउ

उदयपुरमा गहना ठगी गर्ने युवक पक्राउ

बुधवार , मंसिर १०, २०८२

उदयपुर । गहना ठगी प्रकरणमा संलग्न एक युवकलाई प्रहरीले उदयपुरमा पक्राउ गरेको छ ।

चौदण्डीगढी नगरपालिका–५ का २५ वर्षीय समानन्द चौधरी विभिन्न व्यक्तिलाई भ्रममा पारी सुन–चाँदीका गहना लिएर फरार हुँदै आएको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदारमान दोङका अनुसार चौधरीले २ थान सुनका रिङ, १ आनाको सुनको तिलहरी, ३ तोलाको चाँदीका कत्री २ थान लगायतका गरगहनामा हात पारेका थिए । पीडितहरूले फरक–फरक बहाना बनाएर ठगेको भन्दै क्रमिक रूपमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

कात्तिक १० गते त्रियुगा खोलामा आयोजित छठ पर्व मेलामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको नाटक गर्दै चौधरीले आफ्नै छिमेकी तथा माइजु पर्ने २६ वर्षीया अनारवति कुमारी चौधरीबाट सुनका गहना लिएर पुगेका थिए ।

पीडितले आफन्त भएकाले विश्वास गरी राहतका नाममा गरगहना दिएकी थिइन् । तर केही समयमै उनले ठगी भएको थाहा पाइन् ।

कात्तिक १८ गते चौधरीले पुनः नयाँ कारण देखाई अनारवतिबाट ३ तोलाका चाँदीका काँडा २ थान लगेका थिए। निरन्तर दोहोरिएको धोकापूर्ण व्यवहारपछि अनारवतिले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीका आधारमा पक्राउ परेका चौधरीविरुद्ध ठगी कसुरमा अनुसन्धान अघि बढाइएको छ। अदालतबाट म्याद थप गराई उनलाई हिरासतमा राखिएको डिएसपी दोङले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077