Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल-२: टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्दै

एनपीएल-२: टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्दै

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।

एनपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।

दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो। दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो।

विराटनगर सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ। यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077