Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि मेडिकल शुल्क बढ्यो, आजदेखि लागु

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि मेडिकल शुल्क बढ्यो, आजदेखि लागु

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क आजदेखि बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।

तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्री स्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । मन्त्रीस्तरको एकत् निर्णय अनुसार नयाँ शुल्क संरचना आजदेखि कार्यान्वयनमा आएको हो ।

स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको थियो ।

सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् ।

३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क ९ हजार ५ सय लिन, सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् ।

महासंघका अनुसार सरकारले तोकेको ३४ प्रकारका परीक्षण अनिवार्य रूपमा गर्ने व्यवस्था छ र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर अघि बढाइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077