Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल- २: लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

एनपीएल- २: लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन्।

लुम्बिनीको यो तेस्रो खेल हो। यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो। लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजलाई जितेको थियो।

काठमाडौं आज चौथो खेलमा छ। यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ। जनकपुर बोल्ट्ससँग जितेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077