Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिसँग मुख्यसचिव एकनारायण अर्यालको बिदाइ भेट

राष्ट्रपतिसँग मुख्यसचिव एकनारायण अर्यालको बिदाइ भेट

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्।

मंगलबार बिहान शीतल निवास पुगेर अर्यालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले चुनौतीपूर्ण अवस्थाहरूमा समेत प्रशासनिक नेतृत्व प्रभावकारी रूपमा सम्हालेको भन्दै अर्यालको भूमिका उच्च प्रशंसनीय रहेको उल्लेख गरे।

राष्ट्रपतिले अर्यालको कार्यकालमा गरेका योगदानको प्रशंसा गर्दै सेवानीवृत्तिपछि सुखमय जीवनको शुभकामना समेत व्यक्त गरेका छन्।

मुख्यसचिव अर्याल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077