Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी ईश्वर कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

एआईजी ईश्वर कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाउने भएका छन् ।

एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो ।

सोमबारको मन्त्रिपरिषद्ले उक्त ठाउँको नेतृत्व ईश्वर कार्कीलाई जिम्मा दिने निर्णय गरेको हो ।

कोसी प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज रहँदै एआईजीमा पदोन्नति भएका कार्कीले सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर रानीपोखरीस्थित कमाण्ड सम्हाल्ने तयारी भएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077