Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ।

आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।

प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने १ रनमा नटआउट रहे।

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका लागि संगीथ कुरे र रूपेश सिंहले समान दुई दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ।

यी दुईबीच उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।

आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल हुनेछ। अंक तालिकामा सुदूरपश्चिम र विराटनगरले समान ४ अंक जोडेको छ।

सुदुरपश्चिम रन रेटको आधारमा शीर्षस्थानमा रहेको छ। कर्णाली, लुम्बिनी, चितवन र काठमाडौंले २/२ अंक जोडेका छन्। जनकपुर र पोखराले मात्र अंकको खाता खोल्न सकेका छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077