काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो ।
यो बैठक मन्त्रालयको नियमित बैठक हो ।
बैठकमा केही नियमित एजेन्डासँगै प्रशासनिक संरचनाको सर्वोच्च पद-मुख्यसचिव नियुक्तिबारे छलफल हुने उच्च स्रोतले जानकारी दिएको छ ।
हालका मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सम्भावना रहेको छ।
हाल मुख्यसचिवका लागि सुमन अर्याल, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर चर्चामा रहेका छन्।