Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङलाई उचालेर पद जोगाउने कुलमानको दाउ, ४३ करोड काण्डबाट बच्न गृहमन्त्रीको राजीनामा ?

सुदन गुरुङलाई उचालेर पद जोगाउने कुलमानको दाउ, ४३ करोड काण्डबाट बच्न गृहमन्त्रीको राजीनामा ?

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा सरकारमा पुगेका वर्तमान मन्त्रीहरु एकपछि अर्को विवादमा मुछिन थालेका छन् । जेनजी घाइतेहरु नै यतिबेला प्रधानमन्त्री सुशीला कार्कीको विकल्प खोजिरहेका छन् ।

मंसिर ४ गते जेनजीका २३ एलाइन्सले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ज्ञापन पत्र बुझाउँदै कार्कीलाई सरकारबाट फिर्ता बोलाउन माग गरेको थियो ।

उनीहरुले राष्ट्रपति समक्ष बुझाएको ज्ञापनपत्रमा भदौ २३–२४ को विद्रोहपछि बनेको सरकारबाट भ्रष्टाचार प्रकरणमा कारबाही नहुनु, संविधान संशोधन नहुनु, आन्दोलन दमन गर्नेविरुद्ध कारबाही नहुनु, घाइतेको उपचार र शहीद परिवारलाई क्षतिपूर्ति नदिइनु लगायत न्यूनतम अपेक्षा पूरा नभएको उल्लेख छ।

अधिकांश जेनजीहरु प्रधानमन्त्री कार्कीसँग खुसी छैनन् । प्रधानमन्त्री मात्रै होइन वर्तमान मन्त्रीहरुसँग पनि जेनजीहरु खुसी छैनन् ।

भदौमा भएको दुई दिने आन्दोलनपछि एकाएक जेनजीको नेता बनेका सुदन गुरुङ यतिबेला गृहमन्त्रीको राजीनामा माग्नमै व्यस्त छन् । कुनै बेला ओम प्रकाश अर्याललाई आफैले गृहमन्त्री बनाएको भन्दै हिड्ने गुरुङ यतिबेला उनैको राजीनामा मागिरहेका छन् ।

तर, यसको पर्दा पछाडिको पात्र भने दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङ रहेको घटनाक्रमहरुले देखाएको छ ।

आफू पहिलो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ हटाएर नेपाली जनताको मन मुटुमा बस्न सफल घिसिङ जेनजीको रोजाइमा मन्त्री बनेसँगै विवादमा तानिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री घिसिङकै जोडबलमा भारतबाट विद्युत खरिद गर्दा ४३ करोड घोटला काण्डले उनी यतिबेला समस्यामा परेका छन् । आफ्नो पद जोगाउन उनी यतिबेला सुदन गुरुङलाई च्यापेर हिंडिरहेका छन् । उता सुदन गुरुङ भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् ।

प्राधिकरणले नियामक निकाय विद्युत् नियमन आयोगको अनुमति नै नलिई गैरकानूनी रूपमा भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा ४३ करोड रुपैयाँ घोटला भएको खुलिसकेको छ ।

जसमा मन्त्री घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको स्वार्थ लुकेको प्रष्ट भइसकेको छ । यहि काण्डबाट जोगिन मन्त्री घिसिङले गुरुङलाई च्यापेको स्रोत बताउँछ ।

गृहमन्त्रीको राजीनामा माग्दै आएका गुरुङ मन्त्री घिसिङसँग नजिकिएपछि प्रधानमन्त्री कार्कीसमेत सशंकित बनेकी छन् ।

यतिसम्मकी शुक्रबार करिब १४ वर्ष पुग्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुलको स्थलगत अनुगमनमा जाँदा घिसिङले गुरुङलाई पनि मन्त्रीकै हैसियतमा सँगै लिएर गएका थिए ।

गुरुङलगायतले गृहमन्त्रीको राजीनामा माग्दै आएपछि घिसिङ पनि अर्यालले राजीनामा दिएको हेर्न चाहन्छन् । तर, प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल भने घिसिङकै राजीनामा कुरिरहेको स्रोत बताउँछ । विद्युत खरिदमा विवादमा तानिएपछि प्रधानमन्त्री कार्की घिसिङसँग रुष्ट बनेको स्रोतको दावी छ ।

हामी नेपाल नामक संस्थाका प्रमुख गुरुङ कुनै समय दैनिकजसो गृह मन्त्रालयमा हुन्थें । तर, अहिले उनी कहिले खेलकुद मन्त्री बब्लु गुप्ता त कहिले उर्जामन्त्री घिसिङसँगै देखिन्छन् ।

केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री अर्यालको खेदो खनिरहेका गुरुङमाथि प्रहरीले भने गोप्य निगरानीमा राखेको स्रोत बताउँछ ।

उनका हरेक दिनको गतिविधि बुझ्न प्रहरीलाई निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077