Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राजनीतिक स्थिरता र मुलुकलाई निकास दिन चुनाव नै एकमात्र उपाय भएको निष्कर्ष निकाल्दै निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै भने, 'प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको छ। मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले कांग्रेस चुनावमा सहभागी हुनेछ।'

उनका अनुसार कांग्रेसले चुनाव तयारी अगाडि बढाउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077