काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभरिको मौसम आंशिकदेखि साधारणतया बदली रहेको हो ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
साथै कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।