Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल-२: सुदूरपश्चिमविरूद्ध पोखराले पहिले बलिङ गर्दै

एनपिएल-२: सुदूरपश्चिमविरूद्ध पोखराले पहिले बलिङ गर्दै

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आजको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्स टस जितेर बलिङ रोजेको छ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

गत संस्करणको खराब प्रदर्शन बिर्साउने लक्ष्यमा रहेको पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनको फराकिलो अन्तरले हारेको थियो ।

यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ। सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ ओटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077