Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन माग गर्ने २३ जेनजी समूह

यी हुन् सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन माग गर्ने २३ जेनजी समूह

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । जेनजीका विभिन्न २३ समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग गरेका छन्। उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउनुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन्।

जेनजीको भावनाअनुसार कार्की नेतृत्वको सरकारले काम गर्न नसकेको उनीहरुको आरोप छ । प्रधानमन्त्री कार्कीसँग विभिन्न अपेक्षा राखिए पनि त्यो पूरा नभएको पनि उनीहरूको गुनासो छ।

मागपत्रमा भनिएको छ–‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। जेनजीका मागहरूलाई सम्बोधन नगरिए सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न निवेदन गर्दछौं ।’

मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, जनेजी विद्रोहका घाइतेहरूको उपचार र जेनजी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरिए पनि त्यो पूरा नभएको उनीहरूको गुनासो छ।

यी हुन् प्रधानमन्त्री कार्कीको विकल्प माग गर्नेमा जेनजी समूहहरु
नेशनल फ्रन्ट लाइनर
जेनजी स्पार्क
एनटेक जेनजी
ऋणी एसोसियसन नेपाल
जेनजी वाई युनाइटेड
जेनजी सभा
जेनजी पार्लियामेन्ट
जीबीबी ग्रुप
जीयुपीसी ग्रुप
जेवाइएन ग्रुप
जेनजी युनाइटेड
जेनजी २.०
रियल जेनजी
जेनजी वाई ग्रुप
जेनजी अलायन्स
नेपाल जेनजी रिभ्युलेसन
इक्वीटी नेपाल
समता जेनजी
अल नेशन जेनजी
स्वतन्त्र जेनजी नेपाल
डिजिटल टास्क फोर्स जेनजी ग्रुप
जेनजी एकता मञ्च
जेनजी मुभमेन्ट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077